२०८३ कार्तिक १६ आईतवार
२०८३ कार्तिक १६ आईतवार

दमकमा तीन दिनदेखि कला, साहित्य र सङ्गीत महोत्सव जारी

दमक, झापा । कला, साहित्य र सङ्गीतको प्रवर्द्धन, सिर्जनशीलताको सम्मान तथा नेपाली कला–संस्कृतिको संरक्षण र विकास गर्ने उद्देश्यले दमकमा बिहीबारदेखि कला, साहित्य र सङ्गीत महोत्सव भइरहेको छ।
दमक–१ स्थित मातृभूमि पार्टी प्यालेसमा आयोजना भइरहेको महोत्सवले सर्जक, साहित्यकार, कलाकार तथा सङ्गीतप्रेमीलाई एउटै मञ्चमा जोड्ने प्रयास गरेको छ।
महोत्सवअन्तर्गत आज आर्ट वर्कसप (कला कार्यशाला) तथा हुर्रा नाच प्रस्तुत गरिएको छ। त्यस्तै, भोलि अपराह्न ४ बजेदेखि ‘Lomus & The Last Page’ ब्यान्डको सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ।
सांगीतिक कार्यक्रममा प्रवेश निःशुल्क गरिएको नाता फाउन्डेसनका अध्यक्ष जितेन साम्पाङ राईले जानकारी दिनुभयो। महोत्सवले स्थानीय कला, संस्कृति र सङ्गीतको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।