कार्तिक झापा , कमल / झापाको कमलमा ट्रकको ठक्करबाट शिवसताक्षी ८ का एक युवकको मृत्युु भएको छ । शुक्रबार साँझ अन्दाजी ६ः५५ बजे कमल गाउँपालिका ५ साबित्रा चोकस्थित पूर्व पश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको प्र.न. १–०१– ००१४ प ६४८९ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको ना ६ ख ५२०२ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका ८ का २९ वर्षीय सागर तिमल्सिना घाइते भएका थिए । उनलाई उपचारको लागि कन्काई नगर अस्पताल सुरुङगामा पुर्याईएको थियो । चिकित्सकले ७ः३० बजे मृत घोषणा गरेका थिए ।
ट्रक चालक धनुषा धनुषाधाम नगरपालिका ५ नौसय बिगाह बस्ने बर्ष २८ का शिवशंखर महतो र दुबै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।




































