Thursday, June 18, 2026
ताजा अपडेट कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट ( पूर्णपाठ) • कमल गाउँपालिकाद्वारा नदीजन्य सामग्री उत्खनन् र संकलनमा रोक • झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ • पाथीभरामा जेठमा ८ हजार दर्शनार्थी, ४६ लाख भेटी संकलन • बेघर बनेका सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग • गौरादहमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु • एम्बाप्पेको ऐतिहासिक कीर्तिमानसँगै फ्रान्सको शानदार जित • खाँदबारीमा कैदी हत्या प्रकरण : सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला
home होम chevron_right जानकारी मुख्य-समाचार समाचार समाज हाम्रो दमक chevron_right कमल गाउँपालिकाद्वारा नदीजन्य सामग्री उत्खनन् र संकलनमा रोक

कमल गाउँपालिकाद्वारा नदीजन्य सामग्री उत्खनन् र संकलनमा रोक

Sujan Gautam काठमाडौं
calendar_today 17 June 2026

दमक । झापाको कमल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने खोलाहरूबाट नदीजन्य सामग्री उत्खनन्, संकलन र ढुवानी कार्यमा पूर्ण रोक लगाएको छ । गाउँ कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालका अनुसार कमल गाउँपालिकाको पूर्व र पश्चिम तर्फ रहेका कमल र रतुवा

खोलाबाट साधारण निर्माणमुखी नदीजन्य सामग्री निकाल्न बन्द गरिएको हो ।
अर्को व्यवस्था नहुन्जेलसम्मका लागि यो रोक कायम रहने सूचनामा उल्लेख छ । गाउँपालिकाले यस निर्णयको अवज्ञा गरी कसैले नदीजन्य सामग्री उत्खनन्, संकलन वा ओसारपसार गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।

सम्बन्धित समाचार