२०८३ मंसिर ५ शुक्रबार
२०८३ मंसिर ५ शुक्रबार

३४ वर्ष १० महिना शिक्षण सेवापछि बीएससी सरलाई जन आदर्श माविबाट सम्मानपूर्वक बिदाइ

शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक टीकाराम काफ्ले (बीएससी सर) लाई विद्यालयले स–सम्मानसहित बिदाई गरिएको छ ।

बिज्ञान विषय पठनपाठन गराउँदै आउनुभएका बीएससी सरले परिचित विद्यालयका सहायक प्रअ काफ्लेलाई एक भब्य समारोहवीच स–सम्मानसहित बिदाई गरिएको हो ।

३४ वर्ष १० महिनाको शिक्षण पेशामा सक्रिय बीएससी सरले परिचित टीकाराम काफ्लेले स्वास्थ्य र पारिवारिक समस्या दर्शाउँदै विद्यालयबाट स्वच्छिक अवकास लिनुभएको हो ।

बिदाई समारोहमा विद्यालयका सहायक प्रधानध्यापक समेत रहनुभएका बीएससी सरले आफ्ना महत्वपूर्ण बिचार राख्नुभएको थियो । सो बिदाई समारोहमा अत्यन्तै भावुक मुद्रामा देखिनुभएका बिएसी सरले विद्यालयप्रति अगाढ माया र सम्मान व्यक्त गर्नुभयो ।

वहाँले विद्यालयमा शिक्षण कार्यमा रहने चाहाना अझै पुरा नभएको बताउनुभयो । विद्यालय सञ्चालनका लागि दिनरात सधै खटिरहने जिम्मेवार वडाध्यक्षसहित यहाँका जनप्रतिनिधिहरु, शिक्षक–शिक्षिका र सरोकारवाला अभिभावकहरु हुँदाहुँदै मैले विद्यालय छोड्नुपर्ने अवस्था आयो ।

जीवनमा मैले आफ्नो स्वास्थ्यप्रति ध्यान दिनुपर्ने विशेष समय आएको छ, छोराछोरीको उच्च शिक्षा दिक्षाको निम्ति समय दिनुपर्ने भएको छ, बिएसी सरले भन्नुभयो ।

वहाँले आगामी दिनमा विद्यालयलाई आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्नेसमेत बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोमादेवी भण्डारीको अध्यक्षतामा र शिबसताक्षी–६ का वडाध्यक्ष मनोज खुलाल कार्कीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा विद्यालयका प्रधानध्यापक रमेशकुमार दाहालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व विद्यार्थीको तर्फबाट पत्रकार अनिलदेब राई, नगर कार्यपालिका सदस्य गोमादेवी रिजाल र प्रमुख अतिथिसमेत रहनुभएका वडाध्यक्ष कार्कीले शुभकामना बिचारहरु राख्नुभएको थियो ।

बिदाई समारोहमा विद्यालयको तर्फबाट व्यवस्थापन समिति अध्यक्षले स–सम्मान कदर–पत्रसहित खादा र माला पहिराउनुभएको थियो । त्यस्तैं, विद्यालयका शिक्षक–शिक्षिकाहरु र कक्षा–९ र १० का विद्यार्थीहरुले सेवानिबृत जीवनको हार्दिक बधाई तथा शुभकामनासहित मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रम शुभारम्भ हुनअघि बिएसी सरले त्यहाँ अध्ययनरत विद्यार्थीहरु, शिक्षक–शिक्षिकाहरु र अभिभावकहरुर्ला दिवा भोजनको व्यवस्थापन गर्नुभएको थियो । सो कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक दिनेश कुमार श्रेष्ठले गर्नुभएको थियो ।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।