२०८३ कार्तिक २६ बुधबार
२०८३ कार्तिक २६ बुधबार

गौरादहमा पहिलो महिला फुटबल प्रतियोगिता हुँदै, बिजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउने

गौरादह । झापाको गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। स्पर्श सामाजिक क्लब गौरादहको आयोजनामा ‘पहिलो गौरादह महिला फुटबल प्रतियोगिता–२०८३’ सञ्चालन हुन लागेको हो।

प्रतियोगिता भदौ १९ गतेदेखि गौरादह–१ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा हुने आयोजकले जनाएको छ। सोमबार आयोजकले पत्रकार सम्मेलन गरेर खेल तालिका र कप सार्बजनिक गरिएको हो ।

‘गौरादहको गर्व, महिला फुटबलको पर्व, लागूऔषधमुक्त समाज हाम्रो संकल्प’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताको उद्देश्य महिला खेलाडीलाई खेलकुदमा प्रोत्साहन गर्नुका साथै युवालाई लागूऔषधविरुद्ध सचेत गराउनु रहेको आयोजक क्लबका अध्यक्ष उज्वल दहालको भनाइ छ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता तथा प्लेयर अफ द टुर्नामेन्टलगायतका विधामा खेलाडी पुरस्कृत हुने खेल सम्योजक युवराज खडकाले बताए ।

महिला फुटबलको विकास र स्थानीय खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितालाई गौरादहमा महिला खेलकुदको विकासका लागि महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।