दमक । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमक र उर्लाबारी शाखाको संयुक्त आयोजनामा अभिकर्ता सम्मान तथा एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ।
शनिबार दमकस्थित कनकाई पार्टी प्यालेसमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट व्यवसाय गर्ने दुवै शाखाका अभिकर्ताहरूलाई सम्मान तथा पुरस्कृत गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी कोशी प्रदेश प्रमुख नरेन्द्र राईले उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो।
उर्लाबारी शाखाबाट ‘नेशनल रत्न’ अवार्डतर्फ नैनकला राई सम्मानित हुनुभएको छ। व्यक्तिगत कोडतर्फ टप–५ मा मुख्य व्यवसाय प्रबन्धक बन्धु कुमार निरौला प्रथम, व्यवसाय प्रबन्धक रुपा राना द्वितीय, सिता दाहाल तृतीय, रमेश श्रेष्ठ चौथो र खेम आचार्य पाँचौं हुनुभएको छ।
त्यस्तै, टिमसहितको व्यवसायतर्फ वरिष्ठ व्यवसाय प्रबन्धक एलिसा आले प्रथम, व्यवसाय प्रबन्धक भरत कडेल द्वितीय, मिलन ढुङ्गाना तृतीय, प्रकाश खनाल चौथो र गीता थापा पाँचौं हुनुभएको छ।
दमक शाखाबाट ‘नेशनल रत्न’ अवार्डतर्फ टेककुमारी राई, डा. धमेन्द्रकुमार शाह, कल्पना बोहोरा, पवित्रा लक्सम र शिशिर थेबे सम्मानित हुनुभएको छ। ‘नेशनल स्टार’ बाट सृजना खड्का तथा ‘नेशनल सुपर स्टार’ बाट शंकर चौधरीलाई सम्मान गरिएको थियो।
दमक शाखाअन्तर्गत व्यक्तिगत कोडतर्फ टप–५ मा मुख्य व्यवसाय प्रबन्धक शंकर चौधरी प्रथम, व्यवसाय प्रबन्धक केशब ढकाल द्वितीय, धनकुमार राई तृतीय, चुडामणी सेडाई चौथो र कल्पना बोहोरा पाँचौं हुनुभएको छ।
त्यस्तै, संजालसहित व्यवसायतर्फ टप–५ लिडरमा मुख्य व्यवसाय प्रबन्धक युवराज दंगाल प्रथम, टीका खरेल द्वितीय, गोपाल काफ्ले तृतीय, नारायणप्रसाद खरेल चौथो र अर्जुन खालिङ राई पाँचौं हुनुभएको छ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट व्यवसाय गरेको भन्दै सृजना खड्का, व्यवसाय प्रबन्धक डा. धमेन्द्र शाह, मुख्य व्यवसाय प्रबन्धक गोपाल काफ्ले र कल्पना बोहोरा भण्डारीलाई समेत पुरस्कृत गरिएको थियो।
उर्लाबारी शाखा प्रमुख मोहन कडेलको अध्यक्षता तथा कोशी प्रदेश प्रमुख नरेन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पथरी शाखा प्रमुख रवीन्द्र लिङदम, बिर्तामोड शाखा प्रमुख गंगाराम थापा, प्रशिक्षक वीपी रेग्मी, अभिकर्ता संघ दमक शाखाका अध्यक्ष नारायणप्रसाद भण्डारीलगायतको उपस्थिति थियो।
कार्यक्रममा दमक शाखाका मुख्य व्यवसाय प्रबन्धक युवराज दंगाल, उर्लाबारी शाखाका मुख्य व्यवसाय प्रबन्धक बन्धु कुमार निरौला, पथरी शाखा प्रमुख रवीन्द्र लिङदम, बिर्तामोड शाखा प्रमुख गंगाराम थापा तथा कोशी प्रदेश प्रमुख नरेन्द्र राईले आ–आफ्ना धारणा राख्नुभएको दमक शाखा प्रमुख सुमन थुलुङ राईले जानकारी दिनुभयो।
सोही अवसरमा उर्लाबारी शाखा प्रमुख कडेलले मासिक तथा वार्षिक प्याकेजका विषयमा जानकारी गराउनुभएको थियो भने प्रशिक्षक वीपी रेग्मीले अभिकर्ताहरूलाई प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य उर्लाबारी शाखा प्रमुख कडेलले दिनुभएको थियो भने दमक शाखा प्रमुख सुमन थुलुङ राईले सहजीकरण गर्नुभएको थियो।
























