नेपाल जेसीजका पूर्व राष्ट्रिय महासचिव (NSG) तथा सन् २०२६ का राष्ट्रिय कार्यकारी उपाध्यक्ष (NEVP) जेसीआई सिनेटर बिकेशलाल श्रेष्ठले सन् २०२७ का लागि जेसीआई नेपालको राष्ट्रिय अध्यक्ष पदमा आधिकारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
मकवानपुरको हेटौंडा–१ निवासी श्रेष्ठले जेसीआई अभियानमार्फत युवा नेतृत्व विकास, संस्थागत सुदृढीकरण तथा सामाजिक रूपान्तरणमा एक दशकभन्दा बढी समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
सन् २०१८ मा जेसीआई हेटौंडामा आबद्ध भई आफ्नो जेसीआई यात्रा सुरु गरेका श्रेष्ठले सन् २०१९ मा खेलकुद संयोजक, २०२० मा उपाध्यक्ष, २०२१ मा एलओएम सम्पादक, २०२२ मा महासचिव, २०२३ मा कार्यकारी उपाध्यक्ष तथा २०२४ मा शाखा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि सन् २०२५ मा जेसीआई नेपालको राष्ट्रिय महासचिव र सन् २०२६ मा राष्ट्रिय कार्यकारी उपाध्यक्षको जिम्मेवारीमा रहेर उनले राष्ट्रियस्तरमा आफ्नो नेतृत्व क्षमता प्रस्तुत गर्दै आएका छन्।
व्यवसायिक क्षेत्रमा समेत स्थापित श्रेष्ठ Multivision Hospitality and Management Pvt. Ltd. का प्रबन्ध निर्देशक, Binaya and Bikesh Supplier का निर्देशक तथा Binaya and Bikesh Construction का सञ्चालक हुन्। सन् २०१५ देखि व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका उनले आतिथ्य व्यवस्थापन, निर्माण तथा व्यवसाय विकासमा योगदान पुर्याउँदै आएका छन्।
जेसीआई अभियानसँगै सामाजिक तथा सामुदायिक क्षेत्रमा पनि उनको सक्रियता उल्लेखनीय छ। उनी Lions District 325 S Nepal का जिल्ला कार्यकारी प्रमुख, FC Multivision Football Club का अध्यक्ष तथा Agragati Savings and Credit Cooperative का अध्यक्षका रूपमा समेत आबद्ध छन्। साथै, मकवानपुर चेम्बर अफ कमर्सका पूर्व कार्यसमिति सदस्य, मकवानपुर फुटबल संघका सदस्य तथा सियान पुनर्स्थापना केन्द्रका सल्लाहकारसमेत रहेका छन्।
श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (M.A.) तथा स्नातक (B.A.) तहको अध्ययन पूरा गरेका छन्। उनले जेसीआई नेपालको Training of Trainers (TOT), JCI Nepal Academy तथा भारतको JCI India अन्तर्गत NALANDA Leadership Academy लगायतका नेतृत्व तथा प्रशिक्षणसम्बन्धी कार्यक्रमहरूमा समेत सहभागिता जनाएका छन्।
एक दशकभन्दा लामो जेसीआई यात्रा, राष्ट्रिय तथा स्थानीय तहको नेतृत्व अनुभव, व्यवसायिक दक्षता र सामाजिक क्षेत्रमा हासिल गरेको सक्रियतासहित राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका श्रेष्ठको उम्मेदवारीलाई जेसीआई नेपालको आगामी नेतृत्व चयनका दृष्टिले चासोका साथ हेरिएको छ।
सन् २०२७ को राष्ट्रिय अध्यक्षका लागि उनको उम्मेदवारीसँगै जेसीआई नेपालको आगामी नेतृत्व चयन प्रक्रिया थप रोचक बन्ने अपेक्षा गरिएको छ।



























