वैशाख २१, दमक / मोरङको उर्लाबारीमा दुई पाङ्ग्रे सवारी साधनका लागि टिभिएस ब्राण्डको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु भएको छ। वैशाख २० गतेदेखि २५ गतेसम्म सञ्चालन हुने उक्त अफर पहिलो दिनमै उत्साहजनक देखिएको छ, जहाँ ३५ वटा युनिट बिक्री भएको आयोजकले जनाएको छ। उर्लाबारी–७ स्थित मुख्य चौकको दक्षिणपट्टि इटहरा रोडमा आइतबारदेखि सञ्चालनमा आएको यो अफरमा पुराना स्कुटर वा मोटरसाइकल साटेर नयाँ टिभिएस सवारी खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
कार्यक्रममा बोल्दै उर्लाबारीका युवा व्यवसायी सचिन शाक्यले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जाँदा इन्धन खपत घटिरहेको बताए। उनले विद्युत उत्पादनमा समृद्ध नेपालले अब विद्युतीय सवारीलाई प्राथमिकतामा राख्दै आवश्यक नीति तथा प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए। दुर्गा इन्टरप्राइजेजका प्रबन्ध निर्देशक बालचन्द्र कार्कीले उर्लाबारीमै पहिलो पटक यति बृहत् एक्सचेन्ज अफर आयोजना गरिएको जानकारी दिँदै ग्राहकलाई अवसरको लाभ लिन आग्रह गरे।
उनका अनुसार ग्राहकहरूले पाँच वर्षसम्म निःशुल्क पेट्रोल योजना, दैनिक अधिकतम पाँच लाख रुपैयाँसम्म नगद छुट, नागरिकताको आधारमा तुरुन्तै वित्तीय सुविधा तथा न्यूनतम २ हजार ९ सय ६७ रुपैयाँ मासिक किस्ताबाट सुरु हुने योजना प्राप्त गर्न सक्नेछन्। साथै, निःशुल्क हेल्मेटको व्यवस्था पनि गरिएको छ।
एक्सचेन्ज मूल्याङ्कनमा विशेष सुविधा प्रदान गरिएको आयोजकले जनाएको छ। पुराना सवारी साधनको उचित मूल्याङ्कनसँगै ग्राहकहरूले ६ हजारदेखि ५ लाख रुपैयाँसम्म अतिरिक्त नगद छुट पाउनेछन्।टिभिएस ब्राण्ड नेपाली बजारमा भरपर्दो इन्जिन क्षमता, उत्कृष्ट माइलेज, आधुनिक डिजाइन तथा नवीन प्रविधिका कारण लोकप्रिय रहेको बताइएको छ। कार्यक्रममा टिभिएसका नयाँ मोडलहरूको प्रदर्शनसमेत गरिएको छ।


