असाेज १८, दमक / तमोर करिडोर अन्तरगत पाँचथरको कुम्मायक ३ कात्तिकेमा भएको सवारी दुर्घट्नामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको पाँचथरका प्रमूख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । दुर्घट्नामा ६ जना घाइते छन । घाइते भएकाहरुमा एकजना ८ वर्षका बालक सहित १ महिला र ४ पुरुष रहेको पनि पोखरेलले जनाए ।
घाइतेहरुलाई उद्धार गरी उपचारार्थ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घट्नामा ज्यान गुमाएका ६ जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइदैछ । जीपमा १२ जना रहेको जानकारीका आधारमा खोजी कार्य जारी राखिएको पनि प्रहरीले जनाएको छ ।
शनिबार बिहान ताप्लेजुङको साँवादेखि धरानतिर जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप पाँचथरको कुम्मायक गाउँपालिका–३ को सिमाना कात्तिके भीर नजिकै सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । थपको उद्धार प्रयार जारी छ । दुर्घटनामा परेका अधिकांस ताप्लेजुङका नागरिक रहेको अनुमान गरिएको छ ।





