माघ २०, दमक / शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित श्री राष्ट्रिय रमणिय आदर्श माध्यमिक विद्यालयको ५६ औँ वार्षिकोत्सवको अवसरमा नि:शुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ।
आमा डेन्टल केयर प्रा. लि. दमकको प्राविधिक सहकार्यमा आयोजित शिविरमा डा. मीरा आचार्य तथा डा. लक्ष्मी पोद्दारको टोलीले सेवा प्रदान गरेको थियो। शिविरमा विद्यार्थी, शिक्षक तथा अभिभावक गरी करिब ३०० जनाको दन्त परीक्षण गरिएको थियो। तीमध्ये ३० जनाको दाँत खोल्ने उपचार गरिएको छ भने आवश्यकताअनुसार औषधि पनि वितरण गरिएको आयोजकले जनाएको छ।
शिविरमा दन्त परीक्षण गराएका सेवाग्राहीहरूका लागि आमा डेन्टल केयरले विशेष सहुलियतको व्यवस्था गरेको छ। जसअनुसार स–परिवारका लागि नि:शुल्क ओपिडी सेवा, एक वर्षसम्म ५ प्रतिशतदेखि २० प्रतिशतसम्म उपचार छुट तथा एक महिनासम्म डिजिटल डेन्टल एक्स–रे सेवामा ५० प्रतिशत छुट उपलब्ध गराइने जानकारी दिइएको छ।
विद्यालय व्यवस्थापन समितिले स्वास्थ्य सचेतना अभिवृद्धिमा सहयोग पुर्याउने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।
शिवसताक्षी–११ मा नि:शुल्क दन्त परीक्षण शिविर सम्पन्न
शिवसताक्षी–११ मा नि:शुल्क दन्त परीक्षण शिविर सम्पन्न
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



