Friday, June 19, 2026
ताजा अपडेट कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट ( पूर्णपाठ) • कमल गाउँपालिकाद्वारा नदीजन्य सामग्री उत्खनन् र संकलनमा रोक • झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ • पाथीभरामा जेठमा ८ हजार दर्शनार्थी, ४६ लाख भेटी संकलन • बेघर बनेका सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग • गौरादहमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु • एम्बाप्पेको ऐतिहासिक कीर्तिमानसँगै फ्रान्सको शानदार जित • खाँदबारीमा कैदी हत्या प्रकरण : सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला
home होम chevron_right मुख्य-समाचार समाचार समाज हाम्रो दमक chevron_right इन्स्पेक्टर न्यौपाने लाई ‘बेस्ट पुलिस अफ दी मन्थ’

इन्स्पेक्टर न्यौपाने लाई ‘बेस्ट पुलिस अफ दी मन्थ’

Sujan Gautam काठमाडौं
calendar_today 17 June 2026

असार ३ , विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष न्यौपानेलाई जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (बेस्ट पुलिस अफ दी मन्थ) घोषणा गरेको छ ।प्रहरी संगठनको विभागीय मूल्य, मान्यता, आदेश तथा निर्देशनलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै उच्च मनोबल, इमान्दारिता र जिम्मेवारीका साथ पदीय दायित्व निर्वाह गरेको मूल्यांकनका आधारमा न्यौपाने उक्त सम्मान गरिएको प्रहरी प्रहरी कार्यालयले जनाएको छ । मोरङको ट्राफिक व्यवस्थापन सुधारमा सक्रिय भूमिका निर्वाह गरेका न्यौपानेले सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेका थिए । साथै, लागुपदार्थ तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रणका लागि परीक्षण अभियानलाई प्रभावकारी रूपमा अघि बढाएका थिए ।

उनको नेतृत्वमा ट्राफिक नियम उल्लंघन गर्ने चालक तथा सहचालकलाई कानुनी दायरामा ल्याउने कामलाई तीव्रता दिइएको थियो । साथै, सीटी सफारी सञ्चालनलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउन ‘सुरक्षित चालक’ अभियानसमेत सञ्चालन गरिएको थियो ।सेवाग्राहीमैत्री वातावरण निर्माणका लागि कार्यालय परिसरमा प्रतीक्षालय स्थापना, पार्किङ व्यवस्थापन तथा ट्राफिक नियन्त्रणका विभिन्न उपकरणहरूको प्रयोगलाई विस्तार गरिएको थियो । सरोकारवाला निकायहरूसँग समन्वय गर्दै ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने कार्यमा समेत उनले नेतृत्वदायी भूमिका खेलेका थिए ।

समुदायस्तरमा नियमित ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरी सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याएका न्यौपानेले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका ट्राफिक बत्ती तथा वार्निङ सौर्य बत्ती पुनः जडान गरी सवारी आवागमनलाई सहज बनाउने कामसमेत गरेका थिए ।उत्कृष्ट कार्यसम्पादन, नेतृत्व क्षमता र ट्राफिक व्यवस्थापनमा पुर्‍याएको योगदानको मूल्यांकनपछि कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले इन्स्पेक्टर न्यौपानेलाई जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका हुन् ।

सम्बन्धित समाचार