Friday, June 19, 2026
ताजा अपडेट कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट ( पूर्णपाठ) • कमल गाउँपालिकाद्वारा नदीजन्य सामग्री उत्खनन् र संकलनमा रोक • झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ • पाथीभरामा जेठमा ८ हजार दर्शनार्थी, ४६ लाख भेटी संकलन • बेघर बनेका सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग • गौरादहमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु • एम्बाप्पेको ऐतिहासिक कीर्तिमानसँगै फ्रान्सको शानदार जित • खाँदबारीमा कैदी हत्या प्रकरण : सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला
home होम chevron_right घटना मुख्य-समाचार समाचार समाज हाम्रो दमक chevron_right टिफरको ठक्करबाट दमकमा स्कुटर चालकको मृत्यु

टिफरको ठक्करबाट दमकमा स्कुटर चालकको मृत्यु

Sujan Gautam काठमाडौं
calendar_today 17 June 2026

असार ३, दमक / बुधबार बिहान करिब १० बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दमक क्षेत्रमा टिफरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक–५ जेष्ठ नागरिक टोल निवासी अन्दाजी ६० वर्षीय भिमबहादुर कार्की रहेका छन्। कार्की झापाको तत्कालीन माहाभारा स्थित जनकल्याण आधारभूत विद्यालयका निवृत्त शिक्षक हुन्।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ट्राफिक प्रहरीले जनाए अनुसार कार्कीले चलाएको स्कुटरलाई पूर्व–पश्चिम राजमार्गमा गुडिरहेको टिफरले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

दुर्घटनापछि टिफर चालक सवारीसहित फरार भएको र ठक्कर दिने सवारीको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ। फरार टिफर तथा चालकको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार