Thursday, June 18, 2026
ताजा अपडेट कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट ( पूर्णपाठ) • कमल गाउँपालिकाद्वारा नदीजन्य सामग्री उत्खनन् र संकलनमा रोक • झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ • पाथीभरामा जेठमा ८ हजार दर्शनार्थी, ४६ लाख भेटी संकलन • बेघर बनेका सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग • गौरादहमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु • एम्बाप्पेको ऐतिहासिक कीर्तिमानसँगै फ्रान्सको शानदार जित • खाँदबारीमा कैदी हत्या प्रकरण : सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला
home होम chevron_right घटना मुख्य-समाचार समाचार समाज हाम्रो दमक chevron_right गौरादहमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

गौरादहमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

Sujan Gautam काठमाडौं
calendar_today 17 June 2026

झापा, असार ३ । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । गएराति ८ः२० बजे गौरादह १ नवदुर्गा पेट्रोल पम्पस्थित पाडाजुँगी– गौरीगंज भित्री सडक खण्डमा डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्र.न.१–०१–००१ क ११८८ नम्बरको टिपरले साइकल यात्री गौरादह ४ बस्ने ६१ वर्षीय प्रेमप्रसाद गुरागाईलाई ठक्कर दिएको थियो । टाउको र शरीरको बिभिन्न भागमा चोट लागेका गम्भीर घाइते गुरागाईलाई उपचारको लागि दमक अस्पताल दमक पठाइएकोमा उपचारको क्रममा राति ८ः४५ बजे डाक्टरले मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको छ ।

टिपर चालक गौरादह १ बस्ने ३५ वर्षीय उमेश ताजपुरीया र टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रंजन अवाले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार