Thursday, June 18, 2026
ताजा अपडेट कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट ( पूर्णपाठ) • कमल गाउँपालिकाद्वारा नदीजन्य सामग्री उत्खनन् र संकलनमा रोक • झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ • पाथीभरामा जेठमा ८ हजार दर्शनार्थी, ४६ लाख भेटी संकलन • बेघर बनेका सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग • गौरादहमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु • एम्बाप्पेको ऐतिहासिक कीर्तिमानसँगै फ्रान्सको शानदार जित • खाँदबारीमा कैदी हत्या प्रकरण : सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला
home होम chevron_right मुख्य-समाचार राजनीति समाचार समाज हाम्रो दमक chevron_right बेघर बनेका सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग

बेघर बनेका सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग

Sujan Gautam काठमाडौं
calendar_today 17 June 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको निर्देशनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाइएकाले धेरै नागरिक बेघर बनेको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीसँग सम्बन्धित सिमाना विषयक अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनुपर्ने आफ्नो दलको माग यथावत रहेको बताए । साथै, प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भई उठाइएका प्रश्नहरूको जवाफ दिनुपर्ने उनको भनाइ थियो ।

उनले संसदको ‘सेकेन्ड लट’ सुरु गर्ने समय पनि भइसकेको उल्लेख गर्दै सरकारको ध्यान सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्यातर्फ जानुपर्ने बताए ।‘प्रधानमन्त्रीकै निर्देशनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाइयो र उनीहरूलाई बेघर बनाइयो,’ उनले भने, ‘हाल उनीहरू कृतिपुरलगायतका स्थानमा रहेका होल्डिङ सेन्टरमा बस्न बाध्य छन् । त्यहाँ खाना र पानीको समेत अभाव छ ।’सांसद साम्पाङले होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरू नेपाली नागरिक नै भएकाले उनीहरूको आधारभूत आवश्यकताको व्यवस्थापन गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।

सम्बन्धित समाचार