२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी दमक र तेजस् डेन्टल क्लिनिकबीच सहुलियत दन्त उपचार सेवा सम्झौता

दमक। तेजस् डेन्टल क्लिनिक, दमक–६ र द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, दमकबीच एक वर्षका लागि समझदारीपत्र (एमओयू) सम्पन्न भएको छ।

सम्झौताअनुसार द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, दमकका सम्पूर्ण विद्यार्थीहरूले तेजस् डेन्टल क्लिनिकमा उपलब्ध सम्पूर्ण दन्त उपचार सेवामा एक वर्षसम्म २० प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन्।

सम्झौताअनुसार उक्त सुविधा एक वर्षका लागि लागू रहनेछ। विद्यार्थीहरूले आफ्नो परिचयपत्र वा कन्सल्टेन्सीले उपलब्ध गराएको आवश्यक सिफारिसका आधारमा सहुलियत सुविधा लिन सक्ने जनाइएको छ।

दुवै संस्थाबीच भएको यस सहकार्यले विद्यार्थीहरूलाई गुणस्तरीय, विश्वासिलो तथा सहज दन्त स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

तेजस् डेन्टल क्लिनिकले यस महत्वपूर्ण सहकार्यका लागि द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, दमक परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट, प्रभावकारी र सहज दन्त स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहने जनाएको छ।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।