२०८३ भाद्र १६ मंगलवार
२०८३ भाद्र १६ मंगलवार

लागूऔषधविरुद्ध झापा अभियान JAAN–२०८३ अन्तर्गत पोस्टर अभियान सुरु

झापा, भदौ १५ । लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय झापाले सञ्चालन गरेको Jhapa Action Against Narcotics (JAAN–२०८३) अभियानअन्तर्गत पोस्टर अभियान (Poster Campaign) सुरु गरिएको छ।

अभियानअन्तर्गत सोमबार झापाका दमक र गौरादह नगरपालिकामा जनचेतनामूलक पोस्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। जिल्ला प्रहरी कार्यालय झापाको समन्वय तथा दमक र गौरादह नगरपालिकाको आयोजनामा छुट्टाछुट्टै कार्यक्रम गरिएको थियो।

दमक नगरपालिकाको सभाहलमा बिहान ११ बजे तथा गौरादह नगरपालिकाको सभाहलमा दिउँसो ३ बजे आयोजित कार्यक्रममा दमकका नगर प्रमुख रामकुमार थापा र गौरादहका नगर प्रमुख छत्रपति सुवेदीको आतिथ्यता रहेको थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले सम्बन्धित नगर प्रमुखहरूलाई JAAN–२०८३ अन्तर्गत तयार पारिएका जनचेतनामूलक पोस्टर हस्तान्तरण गर्दै पोस्टर अभियानको औपचारिक शुभारम्भ गर्नुभयो।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, प्रहरी अधिकृत तथा कर्मचारी, सञ्चारकर्मी, विभिन्न शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधिलगायत करिब ९० देखि ९५ जनाको सहभागिता रहेको थियो।

पोस्टर अभियानमार्फत लागूऔषधको प्रयोग तथा दुर्व्यसनबाट हुने सामाजिक, पारिवारिक र व्यक्तिगत असरबारे नागरिकमा सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। विशेषगरी युवा तथा विद्यार्थीलाई लागूऔषधबाट टाढा रहन प्रेरित गर्नुका साथै समुदायस्तरमा लागूऔषध नियन्त्रणका लागि सामूहिक सहभागिता र सहकार्यलाई थप सुदृढ गर्ने अभियानको उद्देश्य रहेको छ।

JAAN–२०८३ अन्तर्गत सञ्चालन भइरहेको अभियानले लागूऔषध दुर्व्यसनको रोकथाम तथा नियन्त्रणसँगै समुदायमा जनचेतना अभिवृद्धि गर्दै सुरक्षित र स्वस्थ समाज निर्माणमा योगदान पुग्ने विश्वास जिल्ला प्रहरी कार्यालय झापाले लिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।