२०८३ आश्विन ६ मंगलवार
२०८३ आश्विन ६ मंगलवार

कमलमा जे.ई. खोप अभियान सुरु

झापा, कमल । कमल गाउँपालिकामा जे.ई. खोप अभियान–२०८३ शुभारम्भ भएको छ। लक्षित उमेर समूहका नागरिकलाई जे.ई. विरुद्धको खोप सहज र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको अभियानको पहिलो दिन नै विभिन्न खोप केन्द्रमा नागरिकहरूको उत्साहजनक उपस्थिति देखिएको छ।
अभियानको औपचारिक शुभारम्भ कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष हुकुम सिह राई, वडा अध्यक्ष चन्द्र भट्टराई, वडा सदस्य जमुना पोखरेल खतिवडा, स्वास्थ्यकर्मी सोनु खवास र झुमा ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो। औपचारिक शुभारम्भका क्रममा गाउँपालिका अध्यक्ष राई, वडा अध्यक्ष भट्टराई र वडा सदस्य खतिवडाले जे.ई. विरुद्धको खोप लगाई अभियानको उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हुकुम सिह राईले जे.ई. रोगबाट सुरक्षित रहन खोप महत्वपूर्ण रहेको बताउँदै लक्षित सबै नागरिकलाई आफ्नो पायक पर्ने नजिकको खोप केन्द्रमा पुगेर खोप लगाउन आग्रह गर्नुभयो। उहाँले अभियानलाई सफल बनाउन स्थानीय नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।

त्यस्तै, वडा अध्यक्ष चन्द्र भट्टराईले नागरिकलाई सहज रूपमा खोप सेवा उपलब्ध गराउने उद्देश्यले सबैलाई पायक पर्ने स्थानमा खोप केन्द्रको व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँले लक्षित समूहका कुनै पनि नागरिक खोप सेवाबाट वञ्चित नहुनका लागि सम्बन्धित सबैलाई अभियानमा सहभागी हुन आग्रह गर्नुभयो।
कमल गाउँपालिकामा आज विभिन्न स्थानमा जे.ई. खोप अभियान सञ्चालन भइरहेको छ। कमल–१ को बाह्रबिघे मन्दिर सभाहल, कमल–३ को सानो केर्खा, बेधनिधी पौडेलको घर, कमल–४ को पशुपति मन्दिर, पशुपति टोल र मगर चोक, शान्तिपुट टोल, कमल–५ को सगुन युवा क्लब तथा शहीद रत्न आधारभूत विद्यालय, टुक्रे बजार टोल, कमल–६ को वाणी माध्यमिक विद्यालय, गुहाबारी र कमल–७ को पिङ्गडाँडा स्कुलमा खोप सेवा सञ्चालन भइरहेको छ।

कमल–४ को पशुपति मन्दिर, पशुपति टोलमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तथा मगर चोक, शान्तिपुट टोलमा दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म खोप सेवा सञ्चालन हुने व्यवस्था गरिएको छ।
गाउँपालिकाले लक्षित उमेर समूहका नागरिकलाई आफूलाई पायक पर्ने खोप केन्द्रमा गई जे.ई. विरुद्धको खोप लगाउन अनुरोध गरेको छ। अभियानलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय समुदायको सहकार्य र सहभागिता रहेको गाउँपालिकाले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।