झापाको दमक नगरपालिका–३ स्थित नेपाल–जापान फ्रेन्डसिप स्कुलमा तेजस् डेन्टल क्लिनिकले एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
शिविरमा विद्यालयका विद्यार्थी तथा अभिभावक गरी करिब २५० जनाले स्वास्थ्य परीक्षण तथा दाँतसम्बन्धी सेवा लिएका छन्। शिविरमा डा. श्रद्धा दंगालसहितको चिकित्सकीय टोलीले दाँत तथा मुखसम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरेको थियो।
तेजस् डेन्टल क्लिनिकका सञ्चालक कमल गैरेका अनुसार शिविरमा सहभागी विद्यार्थी तथा अभिभावकलाई क्लिनिकबाट प्रदान गरिने उपचार सेवामा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
नेपाल–जापान फ्रेन्डसिप स्कुलका प्रिन्सिपल विकास अधिकारीका अनुसार विद्यार्थीको दाँत तथा मुखको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य शिविर आयोजना गरिएको हो। विद्यालयमा करिब २०० विद्यार्थी अध्ययनरत रहेको उहाँले जानकारी दिनुभयो।
दमकको बेलडाँगी रोडस्थित केडी कम्प्लेक्समा रहेको तेजस् डेन्टल क्लिनिकले दाँत तथा मुखसम्बन्धी विभिन्न उपचार सेवा प्रदान गर्दै आएको छ। क्लिनिकमा दाँत भर्ने, दाँत निकाल्ने, आरसीटी (रुट क्यानल उपचार), बालबालिकाको दन्त उपचारलगायतका सेवा उपलब्ध रहेको क्लिनिकले जनाएको छ।

























