२०८३ आश्विन १५ बिहीबार
[h_right_banner]
२०८३ आश्विन १५ बिहीबार
[below_menu]

दमकमा राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि ‘सद्भाव यात्रा’ सम्पन्न

[innerpage_newsfeature_below]

दमक । राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा आपसी भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले बिहीबार झापाको दमक चोकमा ‘सद्भाव यात्रा’ आयोजना गरिएको छ।
युथ नेटवर्क दमक, झापाको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूले “पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ”, “पश्चिम कोही, पूर्व घर–आँगन तर एउटै हो”, “सामाजिक सद्भाव कायम राखौँ” लगायतका सन्देश अंकित प्लेकार्ड प्रदर्शन गर्दै शान्तिपूर्ण रूपमा ऐक्यबद्धता व्यक्त गरेका थिए।
दमक चोकस्थित आकाशे पुलमुनि सडकका दुवै किनारामा उभिएर सहभागीहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सबै समुदायबीचको भाइचाराको सन्देश प्रवाह गरेका थिए।
कार्यक्रममा दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, विभिन्न वडाका वडाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा विविध जातीय समुदायका नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार समाजमा आपसी विश्वास, सहिष्णुता र एकताको भावना थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको उक्त ‘सद्भाव यात्रा’ शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो।

[innerpage_infoimage_above]
[innerpage_infoimage_below]
[innerpage_trending_popularcomment_above]
[innerpage_lokpriya_above]
[innerpage_lokpriya_below]

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।