२०८३ कार्तिक १५ शनिबार
२०८३ कार्तिक १५ शनिबार

ट्रकको ठक्करबाट युवकको मृत्यु

कार्तिक झापा , कमल / झापाको कमलमा ट्रकको ठक्करबाट शिवसताक्षी ८ का एक युवकको मृत्युु भएको छ । शुक्रबार साँझ अन्दाजी ६ः५५ बजे कमल गाउँपालिका ५ साबित्रा चोकस्थित पूर्व पश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको प्र.न. १–०१– ००१४ प ६४८९ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको ना ६ ख ५२०२ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका ८ का २९ वर्षीय सागर तिमल्सिना घाइते भएका थिए । उनलाई उपचारको लागि कन्काई नगर अस्पताल सुरुङगामा पुर्‍याईएको थियो । चिकित्सकले ७ः३० बजे मृत घोषणा गरेका थिए ।

ट्रक चालक धनुषा धनुषाधाम नगरपालिका ५ नौसय बिगाह बस्ने बर्ष २८ का शिवशंखर महतो र दुबै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।