२०८३ मंसिर ३ बुधबार
२०८३ मंसिर ३ बुधबार

२०औँ सगुन साँझ तथा देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न

कमल, झापा । झापाको कमल गाउँपालिका–५ स्थित सगुन युवा क्लबको आयोजनामा सञ्चालन भएको २०औँ सगुन साँझ तथा देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
क्लबका संस्थापक अध्यक्ष एवं कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन राईले कार्यक्रमको ब्यानर वाचन तथा दीप प्रज्वलन गरेर गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि राईसहित सामाजिक व्यक्तित्व दिलीपकुमार वान्तवा, ललित राई, शिक्षाप्रेमी अनुपमा राई, झापा जिल्ला खेलकुद विकास समितिका सदस्य रोशन दाहाल, सहिद मार्ग टोल विकास संस्थाका अध्यक्ष भीम पौडेल, क्लबका पदाधिकारी , संस्थापक पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न क्षेत्रका अगुवा तथा विशिष्ट व्यक्तित्व ,सामाजिक अगुवा, महिला नेत्री तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसैबीच, लामो समयदेखि शैक्षिक क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणको अभियानमा निरन्तर क्रियाशील शिक्षाप्रेमी अनुपमा राईलाई समाजमा पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै कार्यक्रमका बीच सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले समाज परिवर्तन र सकारात्मक रूपान्तरणमा युवाहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। तमाम कमलवासीको माया, साथ र सहयोगकै कारण सगुन साँझले २०औँ संस्करणसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गर्दै उहाँले युवाहरूलाई एकताबद्ध भई समाज सुधार, रचनात्मक तथा सिर्जनात्मक अभियानमा सक्रिय हुन आह्वान गर्नुभयो।
दिवाकर राईको संयोजकत्व तथा रूपनारायण निरौलाको सहसंयोजकत्वमा आयोजित कार्यक्रममा गायक सिद्धान्त खड्का, गायिका डोल्पा शेर्पा र गायक चोलुङ केदेमको सांगीतिक प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो।
त्यसैगरी, मौलिक देउसी–भैलोमार्फत नेपाली संस्कार, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने सन्देशसहित पञ्चदेव हरि कीर्तन मण्डली र शिव पञ्चायन कीर्तन मण्डलीले विशेष प्रस्तुति दिएका थिए। स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुतिले कार्यक्रमलाई थप रौनकपूर्ण बनाएको थियो।
क्लबका अध्यक्ष देवेन्द्रराज आङ्दाम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य क्लबका सचिव तथा खेलकुदकर्मी रोशन दाहालले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण कार्यक्रम प्रस्तोता अभिषेक खतिवडा र सञ्जु निरौलाले गर्नुभएको थियो।
दुई दशकदेखि निरन्तरता पाउँदै आएको सगुन साँझले युवाहरूबीच एकता, सामाजिक सद्भाव, स्थानीय प्रतिभाको प्रोत्साहन तथा मौलिक कला–संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।