Written by Multi Media
दमक, झापा । कला, साहित्य र सङ्गीतको प्रवर्द्धन, सिर्जनशीलताको सम्मान तथा नेपाली कला–संस्कृतिको संरक्षण र विकास गर्ने उद्देश्यले दमकमा बिहीबारदेखि कला, साहित्य र सङ्गीत महोत्सव भइरहेको छ।
दमक–१ स्थित मातृभूमि पार्टी प्यालेसमा आयोजना भइरहेको महोत्सवले सर्जक, साहित्यकार, कलाकार तथा सङ्गीतप्रेमीलाई एउटै मञ्चमा जोड्ने प्रयास गरेको छ।
महोत्सवअन्तर्गत आज आर्ट वर्कसप (कला कार्यशाला) तथा हुर्रा नाच प्रस्तुत गरिएको छ। त्यस्तै, भोलि अपराह्न ४ बजेदेखि ‘Lomus & The Last Page’ ब्यान्डको सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ।
सांगीतिक कार्यक्रममा प्रवेश निःशुल्क गरिएको नाता फाउन्डेसनका अध्यक्ष जितेन साम्पाङ राईले जानकारी दिनुभयो। महोत्सवले स्थानीय कला, संस्कृति र सङ्गीतको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।







- Multi Media




















